दफा ११०
साक्षीको व्यवहार, मुखाकृति इत्यादि टिपोट गर्न सकिने
(१) न्यायाधीशले कुनै साक्षीलाई वकपत्र गराउँदा निजको व्यवहार र मुखाकृति कस्तो थियो, निजसँग सोधिएको प्रश्नहरुको जवाफ दिँदा निज उत्तेजित भएको, हडवडाएको वा डराएको थियो वा थिएन, निजको मुखाकृतिबाट निजले दिएको जवाफ साँचो वा झुठ्ठो के कस्तो झल्कन्थ्यो जस्ता कुरा र अन्य आवश्यक कुराको सम्बन्धमा आपूmलाई लागेको कुराहरुको टिपोट बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनाइएको टिपोटमा न्यायाधीशले सहीछाप गरी मिसिल संलग्न राख्नु पर्नेछ ।
(३) साक्षीको वकपत्रलाई प्रमाणको रुपमा मूल्याङ्कन गर्दा उपदफा (१) बमोजिमको टिपोटलाई आधार लिन सकिनेछ ।